Job 42:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूबसित बोलिसक्‍नुभएपछि परमप्रभुले एलीपजलाई भन्‍नुभयो, “तँ र तेरा दुई मित्रहरूसित म रिसाएको छु किनभने मेरो सेवक अय्‍यूबले जस्‍तो तिमीहरूले मेरो बारेमा सत्‍य कुरा भनेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमप्रभु अय्‍यूबसित बोलिसक्‍नुभयो तब उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्‍यूबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्‍नुपर्ने ठीक कुरा भनेनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले यी सबै कुराहरू इयोबलाई भन्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “मेरा सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले नबोलेको कारण तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु।
Nepali ERV (पवित्र बाइबल)
अय्यूबसँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किन? किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ।