Job 42:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सात-सात वटा साँढे र भेडाहरू लिएर मेरो सेवक अय्यूबकहाँ जाओ र ती पशुहरू आफ्ना निम्ति होमबलि चढाओ। तिमीहरूका निम्ति अय्यूबले बिन्ती गर्नेछ र म त्यसको बिन्तीको उत्तर दिनेछु अनि तिमीहरूका मूर्खता सुहाउँदो गरी तिमीहरूसित व्यवहार गर्नेछैनँ। अय्यूबले झैँ तिमीहरूले मेरो बारेमा कुरा बोलेनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले अब सात वटा साँढ़े र सात वटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढ़ाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तर्बिन्ती चढ़ाउनेछ। म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खताअनुसार तिमीहरूसित व्यवहार गर्नेछैन, किनभने अय्यूबले झैँ मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब सात वटा बहर र सात वटा थुमा लिएर मेरा सेवक इयोबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढाओ। मेरा सेवक इयोबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु; अनि म तिमीहरूका मूर्खता अनुसारको व्यवहार गर्नेछैनँ। मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले बोलेका छैनौ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”