Job 42:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एलीपज, बिल्दद र सोपरले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे र अय्यूबले बिन्ती गरिदिँदा परमप्रभुले जवाफ दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्ना मित्रहरूका निम्ति अय्यूबले अन्तर्बिन्ती गरिदिँदा परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीहरूलाई याहवेहले भन्नुभएजस्तै गरे; अनि याहवेहले इयोबको प्रार्थना स्वीकार गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तेमान बासिन्दा एलीपज अनि शुहबाट आएका बिल्दद साथै नाउँबाट आएका सोपरले परमप्रभु आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले अय्यूबको प्रार्थनाको जवाफ दिनुभयो।