Job 5:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तपाईं आफ्ना पालमा सुरक्षित बास गर्नुहुनेछ र आफ्ना भेडाको बथानलाई हेर्नुहुँदा सबै ठीक पाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो पाल सुरक्षित छ भनी तिमीलाई थाहा हुनेछ, र तिमीले आफ्ना बगालको सम्पत्तिको लेखा राख्दा केही अभाव पाउनेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ; तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैनौ, र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो घरमा शान्ति रहेको तिमीले चाल पाउनेछौ। तिमीले आफ्नो सम्पत्ति गन्नेछौ अनि कुनै पनि चीज हराएको हुनेछैन्।