Job 6:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदो हो त जति कष्ट भए पनि म आनन्दले उफ्रने थिएँ। म जान्दछु परमेश्वर पवित्र हुनुहुन्छ; मैले कहिल्यै परमेश्वरको आज्ञाको विरोध गरेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले बरु मलाई शान्ति हुनेथियो! र कष्टमा पनि म आनन्दले उफ्रनेथिएँ! किनभने पवित्र जनका वचन मैले इन्कार गरेको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले मेरो मृत्युमा चैन पाउनेथिएँ, यस्तो असह्य कष्टमा आनन्दित हुनेथिएँ, किनकि मैले पवित्र परमेश्वरको वचनलाई अस्वीकार गरेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु। म एउटा कुरामा खुशी हुनेछु। अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।