Job 7:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मानिसको जीवन कठोर सङ्‌ग्राम गर्ने वा दश नङ्‌ग्रा खियाउने कर्मीको जस्‍तो होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के पृथ्‍वीमा मानिसले कठिन कार्य गर्नुपर्दैन? अनि के त्‍यसका दिनहरू ज्‍यालामा काम गर्नेहरूका जस्‍तै छैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के मानिस जातिले पृथ्वीमा कठोर परिश्रम गर्नुपर्दैन र? के तिनीहरूका दिनहरू ज्यालादार मजदुरका जस्ता छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
अय्यूबले भने, “मानिसले पृथ्वीमा कठोर संघर्ष गर्छ। उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।