Job 7:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले पाप गरेको भए पनि तपाईंलाई के हानिभयो? हे मानिसका रक्षक, किन मलाई तारो हान्‍ने निशाना बनाउनुभयो? के म तपाईंको लागि यति ठूलो भार भएँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मानिसहरूका हृदय जाँच्‍नुहुने, यदि मैले पाप गरेको भए, मैले कसरी तपाईंको हानि गरें त? तपाईंले किन मलाई आफ्‍नो निशाना बनाउनुभयो? के म तपाईंको निम्‍ति बोझ भएको छु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसले गरेका सबै कुरा हेर्नुहुने तपाईं नै हुनुहुन्छ भने, यदि मैले पाप गरेको भए तापनि मैले तपाईंलाई के हानि गरेको छु र? तपाईंले किन मलाई आफ्नो निशाना बनाउनुहुन्छ? के म तपाईंको निम्ति बोझ भएको छु?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ। यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्न पर्छ र? किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो? के म तपाईंको निम्ति एक समस्या भएको थिएँ र?