Job 7:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुत्‍न ढल्‍केपछि म उठ्‍ने समय गन्‍न थाल्‍छु, म रातभरि लडीबडी गरिरहन्‍छु र बिहानको बाटो हेरिरहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म ढल्‍कन्‍छु, तब म विचार गर्दछु, कहिले उज्‍यालो हुन्‍छ, र म उठूँ? रात लामो हुन्‍छ र मिरमिरे उज्‍यालो नहोउञ्‍जेल, म यताउता छटपटाइरहन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म ढल्कन्छु, तब मनमनै आफैँलाई सोध्छु, ‘म कहिले उठूँ?’ रात लामो हुँदैजान्छ, र म बिहानसम्मै कोल्टे फेर्दै छटपटाइरहन्छु।
Nepali ERV (पवित्र बाइबल)
जब म सुतें, मैले सोचें, ‘कतिञ्जेल मैले सोच्ने, जबसम्म म उठ्दिन?’ तर रात लामो छ। अनि घाम नझुल्कुञ्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें।