Joel 1:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाख र नेभाराका बोटहरू ओइलाइसके, सबै अनार, खजूर र स्याउका रूखहरू सुकिसके। मानिसहरूमा आनन्द छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाखको बोट ओइलायो, नेभाराको बोट सुक्यो। अनार, खजूर र स्याउको बोट, अर्थात् खेतका सबै रूखहरू ओइलाएका छन्। निश्चय नै मानिस-जातिका सन्तानको आनन्द सुकिगएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाखको बोट सुकेको छ, र नेभाराको रूख ओइलाएको छ; अनार, खजूर र स्याउका रूखहरू, खेतबारीका सबै रूखहरू सुकेका छन्। निश्चय नै मानिसको आनन्दको अन्त्य भएको छ।
Nepali ERV (पवित्र बाइबल)
दाखको बोट सुकाइयो अनि नेभाराको बोट ओइलाएकोछ। अनार, खजुर अनि स्याउका बोटहरु सुकाइयो। बारिका सबै रुखहरु सुकेका छन्। मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।