Joel 1:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए वेदीमा सेवा गर्ने पूजाहारीहरू हो, भाङ्ग्रा लाएर विलाप गर! मन्‍दिरभित्र गएर रातभरि रोओ किनभने परमेश्‍वरलाई चढाउने अन्‍न वा दाखमद्य केही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे पूजाहारी हो, भाङ्‌ग्रा लाएर शोक गर। हे वेदीका सेवक हो, विलाप गर। हे मेरा परमेश्‍वरका सेवक हो, भाङ्‌ग्रा लाएर रात बिताओ, किनकि तिमीहरूका परमेश्‍वरको भवनमा अन्‍नबलि र अर्घ-बलि रोकिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर; हे वेदीका सेवकहरू हो, विलौना गर। तिमीहरू जसले मेरा परमेश्‍वरको अगि सेवा गर्छौ, आओ, भाङ्ग्रा लगाएर रात कटाओ; किनकि याहवेहको भवनबाट अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।