Joel 1:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको दिन नजिकै आइपुगेको छ। सर्वशक्तिमान्‌ले विनाश ल्‍याउने दिन आइपुगेको छ। त्‍यस दिनले कस्‍तो डरलाग्‍दो विपत्ति ल्‍याउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाय! त्‍यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ। त्‍यो त सर्वशक्तिमान्‌को तर्फबाट सर्वनाशजस्‍तै आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाय! त्यो दिन, किनकि याहवेहको दिन नजिक छ; त्यो दिन सर्वशक्तिमान् परमेश्‍वरबाट विनाशझैँ आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।