Joel 1:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जङ्गली जनावरहरूले पनि तपाईंलाई पुकारा गर्छन् किनभने खोला-नालाहरू सुखा भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वनका पशुहरूले पनि तपाईंमा दुहाई दिन्‍छन्, किनभने पानीका खोलाहरू सुकिगए, र आगोले वनका खर्कलाई भस्‍म पारेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्; किनकि पानीका खोलाहरू सुकेका छन्, र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।
Nepali ERV (पवित्र बाइबल)
वन पशुहरु पनि तपाईंको सहायता चाहन्छन्। नदीहरु सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो।