Joel 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको पश्‍चात्तापचाहिँ लुगा च्‍यातेर होइन; तर टुटेको हृदयले प्रकट होस्।” परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्क। उहाँ दयालु, कृपाले भरपूर, धीरजी र आफ्‍ना प्रतिज्ञा पूरा गर्ने हुनुहुन्‍छ। उहाँ दण्‍ड दिन होइन तर क्षमा दिनलाई सधैँ तयार हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो लुगा होइन, तर आफ्‍नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्‍वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्‍छ, र विपत्ति ल्‍याउनुहुँदा उहाँ दु:खित हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको कपडा होइन, तर आफ्नो हृदय फटाओ। अनि याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्क; किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ, रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ; अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
लुगा होइन, तिमीहरु को हृदय फटएर” परमप्रभु तिमीहरुका परमेश्वरकहाँ फर्केर आऊ। उहाँ दयालु अनि करूणामय हुनुहुन्छ। उहाँ चाँडै रिसाउनु हुन्न। उहाँ को प्रेम महान छ, दण्ड दिने बिषयमा उहाँले जो निर्णय लिनु भएको छ त्यो उहाँले परिवर्तन गर्न सकनु हुछ।