Joel 2:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूलाई एकसाथ भेला गर, तिनीहरूलाई एउटा पवित्र महासभाको निम्ति बोलाओ, बुढापाकाहरूलाई ल्याओ, बालबच्चाहरूलाई भेला गर र काखका बच्चाहरूलाई पनि जम्मा गर। भर्खरै बिहे गरेका दुलहा-दुलही पनि घरबाट निस्केर आऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट निस्कून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू भेला गर, महासभालाई शुद्ध गर; बुढापाकाहरूलाई एकसाथ जम्मा गर, र केटाकेटीहरूलाई भेला गर; अनि दुधे बालकहरूलाई पनि जम्मा गर। दुलहाले आफ्नो कोठा छोडोस् र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्।
Nepali ERV (पवित्र बाइबल)
मानिसलाई भेला गर। त्यो विशेष सभाकोलागि उनीहरुलाई बोलाऊ। तिमीले बूढा-प्रधानहरु अनि नानीहरुलाई भेला गर। त्यो दुधे-बालकलाई पनि लिएर आऊ, नयाँ दुलहा-दुलहीलाई सिधै तिनीहरुको कोठाबाट बोलाऊ।