Joel 2:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “अब म तिमीहरूलाई अन्न, दाखमद्य र जैतुनको तेल दिनेछु र तिमीहरू तृप्त हुनेछौ। अन्यजातिहरूले अब तिमीहरूको हाँसो गर्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आफ्नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्पूर्ण तृप्त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्यै म तिमीहरूलाई गिल्लाको पात्र हुन दिनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूका निम्ति अन्न, नयाँ दाखमद्य र जैतुन तेल पठाउँदैछु, तिमीहरू प्रशस्तताले पूर्ण भएर तृप्त हुनेछौ; म तिमीहरूलाई अरू राष्ट्रहरूका सामु फेरि कहिल्यै पनि गिल्लाको पात्र हुन दिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्ना मानिसहरुलाई उत्तर दिनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरुका निम्ति अन्नहरु, नयाँ दाखरस र तेल पठाउनेछु। तिमिहरुका निन्ति प्रशस्त हुनेछ। म तिमीहरुलाई अन्य जातिहरुको बिचमा हाँसोको पात्र बनिन दिने छैन।