Joel 2:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उत्तरबाट आएका सलहहरूका सेनालाई म हटाउनेछु र तीबाट केहीलाई मरुभूमितिर धपाउनेछु। तिनीहरूका अघिल्‍ला पङ्‌क्तिहरूलाई मृत सागरमा र पछिल्‍ला पङ्‌क्तिहरूलाई भूमध्‍य सागरमा धपाईदिनेछु। तिनीहरू मरेर सड्‍नेछन् र दुर्गन्‍ध फैलनेछ। तिनीहरूले तिमीहरूलाई गरेका खतिको निम्‍ति म तिनीहरूलाई नाश पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्‍यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्‍यसको अगिल्‍लो पङ्‌क्तिलाई पूर्वको समुद्रमा र त्‍यसको पछिल्‍लो पङ्‌क्तिलाई चाहिँ पश्‍चिमको समुद्रमा हटाइदिनेछु, अनि त्‍यसको गन्‍ध, त्‍यसको सड़ेको दुर्गन्‍ध माथि उठ्‌नेछ।” निश्‍चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म उत्तरको सेनालाई तिमीहरूदेखि टाढा लखेट्नेछु, त्यसलाई रुखो, उजाड र बाँझो देशमा धपाउनेछु, यसको पूर्वीय सेनालाई पूर्वको मृत सागरमा र पश्‍चिमी सेनालाई पश्‍चिमको महासागरमा डुबाइदिनेछु। अनि त्यसको गन्धमाथि उठ्नेछ; त्यसको दुर्गन्ध सबैतिर फैलिनेछ।” निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ आएका उत्तरवासीहरुलाई तिमीहरुको देशबाट हटाइदिनेछु। उनिहरुलाई बाँझो र उजाड देशमा पठाइदिने छु, त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु, अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु। उनीहरुले यस्तो घृणित कर्म गरेका छन्, उनीहरु सडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरुको नराम्रो गन्ध उँभो जानेछ। तिनीहरुले धेरै घिनलाग्दा कामहरु गरेका छन्।