Joel 2:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे सियोनका बासिन्दाहरू हो, आनन्द मनाओ। परमप्रभु तिमीहरूका परमेश्वरले गर्नुभएको कामको निम्ति रमाहट गर। उहाँले शरद ऋतुमा ठिक्क चाहिने वर्षा दिनुभएको छ। उहाँले हिउँद र बसन्तका झरी अघिझैँ बर्साउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्त झरी ल्याइदिनुहुन्छ— शरद् र बसन्त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सियोनका मानिसहरू हो, हर्षित होओ, तिमीहरूका परमेश्वर याहवेहमा रमाओ; किनकि उहाँले तिमीहरूका निम्ति शरदको झरी दिनुभएको छ; किनभने उहाँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई प्रशस्त झरी पठाउनुहुन्छ, शरद र वसन्त दुवै ऋतुहरूमा पहिलेझैँ झरी पठाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे सियोनका मानिसहरु! खुशीहोऊ। परमप्रभु,तिमीहरुका परमेश्वरसँग रमाऊ। किनभने उहाँले तिमीहरुलाई राम्रो गर्नुहुनेछ। उहाँले तिमीहरुलाई अघिल्लो र पछिल्लो दुबै झरी पहिला झैं पठाई दिनुहुन्छ।