Joel 2:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सलहका हुलहरूले तिमीहरूका अन्‍नबाली खाएर नाश पारेका वर्षहरूमा तिमीहरूको जति नोक्‍सान भएथ्‍यो, त्‍यो म पूरा गरी फर्काइदिनेछु। सलहहरूका सेना तिमीहरूको विरुद्धमा पठाउने म नै थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात्‌ मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु— जुन ठूला सलहहरू र जवान सलहहरूले, अथवा अरू सलहहरूका हुलहरूले, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको ठूला सेनाहरूले खाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
“म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरुको बिरुद्धमा पठाएको थिएँ। ती काट्ने सलहहरु, ती बगाले सलहहरु अनि उफ्रने सलहहरुले तिम्रा सबै अन्नहरु खाईदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरु फेरि भरिभराऊ हुनेछौ।