Joel 2:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरूले प्रशस्त खानेकुरा पाउनेछौ र तृप्त हुनेछौ। तिमीहरूको निम्ति अचम्मका काम गर्नुहुने परमप्रभु आफ्ना परमेश्वरको तिमीहरूले प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लाजमापर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू अघाउञ्जेल प्रशस्त खान पाउनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ; अनि तिमीहरूले याहवेह आफ्ना परमेश्वरको नामको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका निम्ति अद्भुत कार्यहरू गर्नुभएको छ; अब फेरि मेरा मानिसहरू कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
फेरि तिमीहरुसँग प्रशस्त खानेकुरा हुनेछ। तिमीहरु सन्तुष्ट हुनेछौ र तिमीहरुले परमप्रभु तिमीहरुका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ। उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ। अब मेरो मानिसहरु कहिल्यै लज्जित हुनेछैनन्।