Joel 2:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ए इस्राएलीहरू हो, म तिमीहरूका माझमा छु र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र मबाहेक अर्को परमेश्वर छैन भनी तिमीहरू बुझ्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लाजमापर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिमीहरूले जान्नेछौ, कि म इस्राएलमा छु, म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; अनि मबाहेक कोही पनि परमेश्वर छैन; मेरा मानिसहरू फेरि कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु। अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरुको परमेश्वर हुँ र म वाहेक अर्को कुनै परमेश्वर छैन। मेरा प्रजाहरु फेरि कहिल्यै लज्जित हुनेछैनन्।”