Joel 2:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आगोले झैँ तिनीहरूले रूख-पातहरू भस्‍म पार्दछन्। तिनीहरूका सामुन्‍नेको भूमिचाहिँ अदनको बगैँचाजस्‍तो छ, तर तिनीहरू गएपछि त्‍यो उजाड मरुभूमि हुन्‍छ। केही कुरो तिनीहरूबाट उम्‍कन पाउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका अगिअगि आगोले भस्‍म पार्छ र तिनीहरूका पछिपछि आगोको ज्‍वाला दन्‍कन्‍छ। तिनीहरूका सामुन्‍ने भूमि अदनको बगैँचाजस्‍तो छ, तिनीहरूका पछि उजाड़ मरुभूमिजस्‍तो छ। तिनीहरूदेखि केही पनि उम्‍कनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका अगि आगोले भस्म पार्छ; तिनीहरूका पछि आगोको ज्वाला दन्कन्छ। तिनीहरूका अगि भूमि अदनको बगैँचाजस्तै छ; तिनीहरूका पछि एउटा उजाड मरुभूमिजस्तै छ, अर्थात् तिनीहरूबाट कोही उम्कन सक्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुकोअघाडी आगोले भष्म पार्छ। तिनीहरुको पछाडी आगोको ज्वाला दन्कन्छ। भूमी मानिसको सामुने अदनको बगैंचा झैं हुनेछ अनि मनिसको पछि उजाड मरुभूमि जस्तै हुनेछ। त्यहाँ केही पनि रहने छैन।