Joel 2:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ज-जसले परमप्रभुसँग सहायताको निम्‍ति पुकारा गर्नेछन्, तिनीहरू बचाइनेछन्। परमप्रभुले भन्‍नुभएअनुसार सियोन डाँडामा र यरूशलेममा कोही-कोही उम्‍कनेछन् र उहाँले चुन्‍नुभएका जतिचाहिँ बाँच्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्‍नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ; किनकि सियोन पर्वतमा र यरूशलेममा छुटकारा हुनेछ, जसरी याहवेहले भन्‍नुभएको छ, बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्; जसलाई याहवेहले बोलाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरु सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरुको बिचमा तिनीहरु हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ।