Joel 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार बनाओ र हँसियाहरूलाई पिटेर भाला बनाओ। कमजोरहरूले पनि भनून्, ‘म बलियो छु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्‍ने हँसियाहरू पिटेर भाला बनाओ। कमजोरीहरूले भनून्, “म बलियो छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार र हँसियाहरूलाई भाला बनाओ। कमजोर मानिसहरूले भनून्, “म बलियो छु!”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुको हलोको फालीहरु पिटेर तलबार बनाऊ। हँसियाहरुबाट तिमीहरुका भाला बनाऊ। त्यो कमजोर मानिसले भनुन्, “म एउटा योद्धा हुँ!”