Joel 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु सियोन डाँडाबाट गर्जनुहुन्छ। यरूशलेमबाट उहाँको सोर मेघको गर्जनझैँ सुनिन्छ, आकाश र पृथ्वी थरथर काँप्छन्। तर उहाँले आफ्ना प्रजाको रक्षा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट उहाँले आफ्नो उच्च सोर सुनाउनुहुनेछ। आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान, इस्राएलका मानिसहरूका निम्ति गढ़ हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनको पर्वतदेखि याहवेह गर्जनुहुनेछ, र उहाँ यरूशलेमको सहरबाट पनि गर्जनुहुन्छ; पृथ्वी र आकाश थरथर काम्नेछन्। तर याहवेह आफ्ना मानिसहरूका निम्ति शरणस्थान र इस्राएलका मानिसहरूका निम्ति एउटा बलियो किल्ला हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्ति शरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।