Joel 3:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे इस्राएल, म परमप्रभु तेरा परमेश्वर हुँ भनी तब तैँले थाहा पाउनेछस्। म मेरो पवित्र डाँडा सियोनमा बास गर्दछु। यरूशलेम एउटा पवित्र सहर हुनेछ, विदेशीहरूले फेरि त्यसमाथि विजय गर्न पाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब पवित्र पर्वत सियोनमा वास गर्ने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ। यरूशलेम पवित्र हुनेछ, र कुनै विदेशीहरूले त्यसलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि तिमीहरूले जान्नेछौ, म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; मेरो पवित्र पर्वत, सियोनमा म वास गर्छु। यरूशलेम पवित्र हुनेछ; विदेशीहरूले फेरि कहिल्यै त्यसलाई आक्रमण गर्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यस समय तिमीहरुले जान्नेछौ की म नै परमप्रभु तिमीहरुको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरु कहिल्यै जानेछैनन्।”