Joel 3:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला पर्वतहरू दाखबारीले भरिनेछन् र डाँडाहरूबाट दूध बग्नेछ। यहूदाका हरेक खोलानाला पानीले भरिभराउ हुनेछ। परमप्रभुको मन्दिरबाट एउटा खोलो बग्नेछ र शित्तीमको बेसीलाई भिजाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यस दिन पहाड़हरूबाट नयाँ दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बग्न लाग्नेछ। यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ, र परमेश्वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको उपत्यकालाई भिजाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती दिनमा पर्वतहरूले नयाँ दाखमद्य चुहाउनेछन्; अनि डाँडाहरूमा दूध बहनेछ; यहूदाका सबै खोल्साहरूमा पानी बहनेछ। अनि याहवेहको भवनदेखि पानीको फोहोरा बगेर निस्कनेछ, र अखैयाको बेँसीलाई भिजाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
“त्यसदिन मिठो दाखरस पहाडहरुमा चुहिनेछ। डाँडाहरुबाट दुधको नदी बग्नेछ। यहुदाका सबै खोल्साहरुमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ।
Recommended Reading