Joel 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै जातिहरूलाई जम्‍मा गरेर म न्‍यायको बेसीमा भेला गर्नेछु र त्‍यहाँ मेरो प्रजा इस्राएलमाथि तिनीहरूले गरेका कामको निम्‍ति न्‍याय गर्नेछु। तिनीहरूले मेरो प्रजा इस्राएलीहरूलाई छरपष्‍ट पारेर विदेशमा पुर्‍याए र मेरो देश इस्राएललाई भाग-भाग गरेर बन्‍डा लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म सबै जाति-जातिहरूलाई भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा ल्‍याउनेछु। त्‍यहाँ मेरो प्रजा, अर्थात्‌ मेरो निज उत्तराधिकारी इस्राएलको निम्‍ति, जसलाई उनीहरूले जाति-जातिहरूका बीचमा छरपष्‍ट पारे र मेरो देश भाग-भाग गरे— उनीहरूलाई म दण्‍ड दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म सबै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा तल ल्याउनेछु। त्यहाँ म तिनीहरूलाई परीक्षा गर्नेछु; किनकि तिनीहरूले मेरो उत्तराधिकार र मेरो जाति इस्राएललाई जेजस्तो गरे, तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूका बीचमा तितरबितर पारे; अनि तिनीहरूले मेरो देशलाई विभाजन गरे।
Nepali ERV (पवित्र बाइबल)
म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरुलाई न्याय गर्नेछु। तिनहरुलेनै मेरो मानिसहरुलाई तितर-बितर परेका थिए। अन्य जातिहरुको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरुलाई दण्ड दिनेछु। तिनीहरुले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।