Joel 3:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए टुरोस, सीदोन र पलिश्तका सबै भू-भागहरू हो, तिमीहरूले मसित के गर्न खोज्दै छौ? मसित साटो फेर्ने चेष्टा गर्दै छौ? त्यसो हो भने म झट्टै तिमीहरूसितै बदला लिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब ए टुरोस र सीदोन, र पलिश्तीका सबै क्षेत्रका मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के मैले गरेको कुनै कामको निम्ति तिमीहरू मलाई साटो लिँदछौ? यदि तिमीहरूले साटो लिइरहेका छौ भने, त्यो तिमीहरूकै थाप्लोमा म चाँड़ै खन्याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब हे टायर र सीदोन, र पलिश्तीका सारा मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के तिमीहरूले मैले जे गरेको छु, त्यसको बदला लिँदैछौ? यदि तिमीहरूले बदला लिइरहेका छौ भने तिमीहरूले जे गरेका छौ, त्यो तिमीहरूकै टाउकोमा म चाँडै नै खन्याइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरु को वास्ता छैन? के तिमीहरु मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरुले यो सोचिरहेका होलाऊ कि तिमीहरुले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरुलाई दण्ड दिनेछु।