John 1:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्नाले उहाँको बारेमा गवाही दिएका थिए। उनले कराएर भने, “मपछि आउनुहुने मभन्दा धेरै महान् हुनुहुन्छ किनभने उहाँ म जन्मिनुभन्दा अघि नै हुनुहुन्थ्यो। मैले भनेको यो कुरा उहाँकै बारेमा हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।
Nepali Tamang 2011
यूहन्नासे थेला बारेरी चुह्रङ् भिसी क्रिङ्बान पाङ्जी, “ङा भन्दा लिच्छा फेप्खबा चा ङा भन्दा घ्रेन म्हि हिन्ना। तिग्दा भिसम थे ङा भन्दा ङाच्छाहेन्सेन मुबा। थे म्हिला बारेरी ङाइ ङाच्छान पाङ्बा मुबा।”