John 1:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त उहाँलाई अझ पनि चिनेको थिइनँ, तर पानीले बप्‍तिस्‍मा दिनू भनेर मलाई पठाउनुहुनेले यसो भन्‍नुभएको थियो, ‘जुन मानिसमाथि तिमीले पवित्र आत्‍मा आएर बस्‍नुभएको देखौला, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिने उहाँ नै हुनुहुन्‍छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्‍तिस्‍मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी पवित्र आत्‍मालाई ओर्लंदै र बस्‍दैगर्नुभएको देख्‍छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्‍छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्‍तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्‍तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’
Nepali Tamang 2011
ङाइ अझ थेदा ङोसेबा आरेबा, तर क्‍युइग्‍याम बप्‍तिस्‍मा पिन्‍गो भिसी ङादा पुइखबासेन, ‘एसे जुन म्‍हिथोरी परमेश्‍वरला आत्‍मा फेप्‍खसी धन्‍छ्‌याबा म्राङ्ला, थेसेन परमेश्‍वरला आत्‍माग्‍याम बप्‍तिस्‍मा पिन्‍ना’ भिसी सुङ्जी।