John 1:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले जवाफ दिनुभयो, “आएर हेर!” त्यति बेला बेलुकीको चार बज्न लागेको थियो। उनीहरू येशूसँग गए अनि उहाँ बस्नुहुने ठाउँ हेरे र त्यो दिन उहाँसँगै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करिब चार बजेको थियो।
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देख्नेछौ।” तब ती दुइजना येशूसंग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसंगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “ङादेन छ्याम खउ, एनीगदेसे म्राङ्ला” भिसी सुङ्जी। जमाहेन्से थेनीगदे येशूदेन छ्याम निजी, ओच्छे येशू धन्छ्याबा ग्ला म्राङ्जी। जमाकुनु ओस्पन ङ्यसेला चार बजब तसी जिन्बासे लमा थेनीगदे येशूदेन छ्याम चिजी।