John 1:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि फिलिपले नथानेललाई भेट्टाएर भने, “धर्मशास्‍त्रमा मोशा र अगमवक्ताले जसका बारेमा लेखेका थिए, उहाँलाई हामीले भेट्यौं। उहाँ त नासरतमा बस्‍ने योसेफका छोरा येशू पो हुनुहुँदो रहेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।”
Nepali ERV (पवित्र बाइबल)
फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से फिलिप नथानेलदा ह्रुप तबारी निजी। ओच्‍छे नथानेलदा चुह्रङ् भिसी पाङ्जी, “मोशासे भ्रिबा ठिमदेन अगमवक्तागदेसे जुन म्‍हिला बारेरी पाङ्बा मुबा, ङन्‍से थे म्‍हिदा स्‍याप्‍बा मुला। थे योसेफला झा नासरतला येशू हिन्‍ना।”