John 10:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर भेडा हेर्न राखेको नोकरचाहिँ ब्वाँसालाई देख्दा भेडालाई छोडेर भाग्छ किनभने भेडाहरू उसका आफ्ना होइनन्। ब्वाँसाले भेडाहरूलाई झम्टन्छ र तितरबितर पार्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेडा हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेडालाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेडाहरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ।
Nepali Tamang 2011
तर जुन म्हि ग्यु छबारी जे थान्ना ओच्छे थे साँच्चिलान गोठालो आहिन ओच्छे ग्युगदेएनोन थेला आहिन भिसम थेह्रङ्बा म्हि फार्बा खबा म्राङ्माहेन्से ग्युगदेदा ख्लासी यार्ला। ओच्छे फार्बासे ग्युगदेदा व्हाला, जमाहेन्से ग्युगदे ससा बङबङ तला।