John 10:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब यस गोठमा नभएका मेरा अरू भेडाहरू पनि छन् र मैले तिनीहरूलाई पनि ल्याउनुपरेको छ। तिनीहरूले मेरो सोर सुन्नेछन् अनि मेरा सबै भेडाहरू एउटै बगाल भएर एउटै गोठालोका हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्। तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मसंग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ।
Nepali Tamang 2011
ङाला अर्गु ग्युगदेएनोन मुला, थेनीगदे चा चु गोठेला आहिन। ङाइ थेनीगदेदाएनोन भतोःबा मुला, थेनीगदेसे ङाला काइ थेःसी बगाल गिकनोन तला। ओच्छे थेनीगदेला गोठालोएनोन गिकनोन तला।