John 10:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसलाई गोठ कुर्नेले ढोका खोलिदिन्छ। गोठालोले नाउँ काढी-काढी आफ्ना भेडाहरूलाई डाक्दा तिनीहरूले उसको सोर सुन्छन् र उसले तिनीहरूलाई डोर्याउँदै बाहिर निकाल्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढोकेले उसको लागि ढोका खोलिदिन्छ, र भेड़ाहरूले उसको सोर सुन्छन्, र उसले आफ्ना भेड़ाहरूलाई नाउँ काढ़ी-काढ़ी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ।
Nepali ERV (पवित्र बाइबल)
जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेडाले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेडाहरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्।
Nepali Tamang 2011
गोठे ख्रुङ्बा म्हिसे गोठालोदा म्राप ठोङ्सी पिन्ना। जमाहेन्से गोठालोसे ग्युगदेदा मिन किन्सी किन्सी ङ्योइला। जमाहेन्से ग्युगदेसे गोठालोला काइ थेःला, ओच्छे गोठालोसे ग्युगदेदा मङग्यार भोर्ला।