John 10:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “पिताले अह्राउनुभएको धेरै असल काम मैले तिमीहरूको अगाडि गरेको छु। ती काममध्‍ये कुनचाहिँ कामको लागि तिमीहरूले मलाई ढुङ्गाले हान्‍न खोजेका हौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्‍ये कुन कामको निम्‍ति तिमीहरू मलाई ढुङ्गाले हान्‍न चाहन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”
Nepali Tamang 2011
तर येशूसे थेनीगदेदा “आबासे कुल्‍बा जम्‍मान ज्‍यबा गेगदे ङाइ एनीगदेला ओन्‍छाङरी लबा मुला। थे गेगदे न्‍हङला खजिबा गेला लागिरी एनीगदेसे ङादा युङबासे तोबारी म्‍हाइबा?” भिसी सुङ्जी।