John 10:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी अगुवाहरूले भने, “हामीले तँलाई तेरो राम्रो कामको लागि ढुङ्गाले हान्‍न खोजेका होइनौं, तर तैँले परमेश्‍वरको निन्‍दा गरिस्। त्‍यसैको लागि नै हान्‍न खोजेका हौं। तँ मानिस भएर पनि आफैंलाई परमेश्‍वर बनाउन खोज्‍छस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्‍दैनौं, तर ईश्‍वर-निन्‍दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्‍वर तुल्‍याउँछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्‍वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्‍वर हुँ भनी दाबी गर्छौ।”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
Nepali Tamang 2011
जमाहेन्‍से यहूदी नेतागदेसे येशूदा “एसे ज्‍यबा गे लबासे लमा ङन्‍से एदा युङबासे तोबारी म्‍हाइबा आहिन। तर एसे परमेश्‍वरला बिरोध लसी ताम लबासे लमान ङन्‍से एदा युङबासे तोबारी छ्‌याइबा हिन्‍ना। ए म्‍हि तसीनोन ह्राङसे ह्राङदान परमेश्‍वर स्‍होबा?” भिसी भिजी।