John 10:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मलाईचाहिँ पिताले आफ्‍नो उद्देश्‍य पूरा गर्न यस संसारमा पठाउनुभएको हो। त्‍यसो भए म परमेश्‍वरको पुत्र हुँ भन्दा कसरी तिमीहरूले मलाई परमेश्‍वरको निन्‍दा गरिस् भन्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिताले पवित्र तुल्‍याएर संसारमा पठाउनुभएको व्‍यक्तिले ‘म परमेश्‍वरको पुत्र हुँ’ भन्‍दा कसरी ईश्‍वर-निन्‍दा हुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्‍ने त? त्यसो हो भने मैले ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्‍वरको निन्दाको दोष दिन्छौ?
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरू मलाई किन भन्छौ, “तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो।
Nepali Tamang 2011
परमेश्‍वर आबासेन धम्‍सी चु जम्‍बुलिङरी पुइखबा म्‍हिसे ‘ङा परमेश्‍वरला झा हिन्‍ना’ भिसी पाङ्‌मा खाह्रङ् लसी ङाइ परमेश्‍वरला बिरोध लबा तला?