John 11:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको भनाइको अर्थचाहिँ ‘लाजरस मरिसके’ भन्ने थियो। तर चेलाहरूले चाहिँ लाजरस साँच्चै निदाएका मात्रै छन् भन्ने सम्झेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनको मृत्युको विषयमा भन्नुभएको थियो, तर तिनीहरूले चाहिँ स्वाभाविक निद्राको विषयमा भन्नुभएको हो भन्ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए।
Nepali ERV (पवित्र बाइबल)
येशूको मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहरूले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।
Nepali Tamang 2011
येशूसे सुङ्बा चा लाजरस सिसी जिन्जी भिसी सुङ्बा, तर थेनीगदेसे चा लाजरस म्हेर्बा जे चीम भिसी म्हन्बा मुबा।