John 11:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइ मरेको शोकमा सान्‍त्‍वना दिन आएका मानिसहरूले मरियमलाई हतारिएर गएकी देखे। भाइको चिहानमा रुन गएकी हुन् कि भन्‍ने सम्‍झेर तिनीहरू उनको पछि-पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घरमा तिनलाई सान्‍त्‍वना दिन आएका यहूदीहरूले मरियम झट्टै उठेर बाहिर गएकी देखेर, तिनी त्‍यो चिहानमा रुन गएकी हुन्‌ भन्‍ठानेर, तिनको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरू मरियमसंग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए।
Nepali Tamang 2011
थेन्‍ना दिमरी थेन्‍दा सम्‍झब लबारी खबा यहूदीगदेसे मरियम योना योना लसी निबा म्राङ्जी। थे आलेला धुर्सारी क्राबारी निबा हिन्‍ना भिसी म्‍हन्‍सी थेनीगदे मरियमला लिच्‍छा लिच्‍छा निजी।