John 11:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू भएको ठाउँमा पुग्‍दाखेरि मरियमले उहाँको पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो त मेरो भाइ मर्ने थिएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मरियम येशू हुनुभएको ठाउँमा आइन्‌ र उहाँलाई देखिन्, तब यसो भन्‍दै तिनी उहाँका पाउमा परिन्, “हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।”
Nepali ERV (पवित्र बाइबल)
मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”
Nepali Tamang 2011
मरियम येशू मुबा ग्‍लारी धोमाहेन्‍से येशूदा फ्‍या लबान, “प्रभु, ह्राङ चुरी मुबा हिन्‍सम ङाला आले आसिसेला मुबा” भिसी भिजी।