John 11:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“येशूले भन्‍नुभयो, त्‍यस ढुङ्गालाई हटाइदेओ।” लाजरसकी दिदी मार्थाले भनिन्, “प्रभु, उसलाई चिहानमा राखेको त आज चार दिन भयो, यति बेलासम्‍म त गनाइसक्‍यो होला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले भन्‍नुभयो, “ढुङ्गो हटाओ।” मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्‍म त त्‍यो गन्‍हाउन लागिसक्‍यो होला, किनकि त्‍यो मरेको चार दिन भइसक्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “ढुङ्गा हटाओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “ढुंगा हटाऊ।” मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “धुर्साला म्रापरी थान्‍बा युङबा तेः‍गो” भिसी सुङ्मा, सिबा म्‍हिला नाना मार्थासे येशूदा “प्रभु दान्‍देधोना मी थे थाङ खसी जिन्तला। तिग्‍दा भिसम थे सिबा ब्‍लिरे तसी जिन्‍जी” भिसी भिजी।