John 11:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो खबर सुनेर येशूले भन्नुभयो, “लाजरस बिरामी छन्, तर अन्तमा उनी मर्नेछैनन्। उनी बिरामी भएको त परमेश्वरको महिमाको निम्ति हो र यसैद्वारा मानिसहरूले परमेश्वरको पुत्रको पनि महिमा गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यो सुनेर येशूले भन्नुभयो, “यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर यो परमेश्वरको महिमाको निम्ति हो, ताकि यसद्वारा परमेश्वरका पुत्रको महिमा होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो खबर सुनेर येशूले भन्नुभयो, “यो बिरामीले मृत्युमा पुर्याउँदैन, तर परमेश्वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्वरको पुत्रले पनि महिमा पाउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
जब येशुले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।”
Nepali Tamang 2011
चु समाचार थेःसी येशूसे “लाजरस आखम्बा मुला, तसैनोन थे आसि। तर चुह्रङ् तबा चा परमेश्वरला मानदेन जयजयकार तबाला लागिरी हिन्ना, ओच्छे चुग्यामसेन म्हिगदेसे परमेश्वरला झादाएनोन मानदेन जयजयकार लला” भिसी सुङ्जी।