John 11:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्‍छ, त्‍यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्‍ने कुरा यहाँ भएका मानिसहरूले विश्‍वास गरून् भनेर म तपाईंलाई यो बिन्‍ती चढाउँदै छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई थाहा छ, कि तपाईंले मेरो बिन्‍ती सधैँ सुन्‍नुहुन्‍छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्‍वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।”
Nepali Tamang 2011
ह्राङसे ङाला ताम सदन ङ्‍यान्‍मुला भिबा ताम ङादा था मुला। तसैनोन ङादा ह्राङसे चु जम्‍बुलिङरी पुइखबा हिन्‍ना भिबा ताम चुरी मुबा म्‍हिगदेसे विश्‍वास लबारी खम्‍गै भिसीन ङाइ ह्राङदा चु ताम पाङ्बा हिन्‍ना।”