John 11:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला मुख्‍य पूजाहारी र फरिसीहरूले यहूदी महासभा बोलाएर सल्‍लाह गर्दै भने, “अब हामीले के गरौं? त्‍यो मानिसले त धेरै अचम्‍मका कामहरू गर्दै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले महासभाका सदस्‍यहरूलाई बोलाए र तिनलाई भने, “अब हामी के गरौं? किनभने यस मानिसले त धेरै चिन्‍हहरू गरिरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले एउटा महासभा बोलाए। “अब हामी के गरौँ?” तिनीहरूले आपसमा प्रश्न गरे, “यस मानिसले त साँच्‍चै अलौकिक चिन्हहरू गरेर देखाउँदैछ।
Nepali ERV (पवित्र बाइबल)
तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषदको सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
Nepali Tamang 2011
जमाहेन्‍से परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन फरिसीगदेसे जम्‍मान भन्‍दा घ्रेन यहूदी सभाला म्‍हिगदेदा ङ्‌योइसी चुह्रङ् भिसी भिजी, “चु म्‍हिसे ल्‍हानान उदेकला गेगदे लमुला। दाहेन्‍से य्‍हाङसे तिग लइ?