John 11:51 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा उनले आफ्नै तर्फबाट भनेका थिएनन्, तर उनी त्यस वर्षको प्रधान पूजाहारी भएको हुनाले येशू यहूदी जातिका लागि मर्नुहुनेछ भन्ने कुरा उनले भविष्यवाणी गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन्, तर त्यस वर्षका प्रधान पूजाहारी भएका हुनाले राष्ट्रको निम्ति येशू मर्नुपर्छ भन्ने अगमवाणी बोलेका हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कैयाफा आफूले सोचेर यसो भनेका थिएनन्, तर उनी प्रधान पुजारी भएको हुनाले येशू सम्पूर्ण यहूदी राष्ट्रका निम्ति मर्नुपर्छ भन्ने अगमवाणी तिनको मुखबाट निस्केको थियो।
Nepali ERV (पवित्र बाइबल)
कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस र्वषको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ।
Nepali Tamang 2011
चु ताम थेसे ह्राङला सेमग्याम पाङ्बा आहिन मुबा। तर थे परमेश्वरला मन्दिररी पूजा लबा थे दिङला मुल म्हि तबासे लमा यहूदी य्हुलला लागिरी येशू सिनोन तोःला भिसी परमेश्वरला ताम पाङ्बा मुबा।