John 11:55 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूको निस्तार भन्‍ने चाड आउनै लागेको थियो। त्‍यसैले गाउँ-गाउँका धेरै मानिसहरू चाड आउनुभन्दा अगाडि नै आ-आफूलाई चोखो बनाउन यरूशलेममा आइपुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न भनी निस्‍तार-चाड़को आरम्‍भ हुन अघि यरूशलेममा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदीहरूको निस्तार चाड नजिकै थियो। निस्तार चाड सुरु हुनुअगि शुद्धी-संस्कार पालन गर्न भनेर गाउँ-बस्तीबाट धेरै मानिसहरू यरूशलेम आएका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला यहूदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यसरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैलाई शुद्ध पार्नलाई।
Nepali Tamang 2011
यहूदीगदे मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाड खबारी छ्‌याइमुबा। थेतबासेलमा चाड खबा भन्‍दा ङाच्‍छान ह्राङ ह्राङदा चोखो स्‍होबाला लागिरी नाम्‍सा नाम्‍साग्‍याम ल्‍हानान म्‍हिगदे यरूशलेम शहररी निजी।