John 12:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निस्तार भन्ने चाडभन्दा छ दिनअघि येशू फेरि बेथानिया गाउँमा आउनुभयो। त्यही गाउँमा येशूले मरेकोबाट बिउँताउनुभएको लाजरस बस्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निस्तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निस्तार चाड सुरु हुनुभन्दा छ दिन अगि येशू लाजरस बस्ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।
Nepali Tamang 2011
मिश्र य्हुल्साग्याम फेबा धिनदा ढन्सी धङ्बा चाड खबा भन्दा ढुरे ङाच्छा येशू लाजरसदा सिबाग्याम सोना लबा बेथानिया भिबा नाम्सारी धोखजी।