John 12:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू खजुरका हाँगा लिएर यसो भन्‍दै उहाँलाई स्‍वागत गर्न आए, “जय होस्! जय-जयकार होस्!! प्रभु परमेश्‍वरको नाउँमा आउनुहुने इस्राएलका महाराजा कति धन्‍य हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्‍वागत गर्न कराउँदै निस्‍के, “होसन्‍ना! धन्‍य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्‍ना!” “उहाँ जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए, “उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’ भजनसंग्रह 118:25-26 परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”
Nepali Tamang 2011
जमाहेन्‍से खजूरला हाँगागदे क्‍युइसी थोबान म्‍हिगदेसे “थेला जयजयकार तगै, परमप्रभुला मिनरी फेप्‍खबासे परमेश्‍वरग्‍याम मोलम याङ्‌गै इस्राएलला ग्‍लेदा परमेश्‍वरसे मोलम पिन्‍गै” भिसी क्रिङ्बान येशूदा मान लबारी खजी।