John 12:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यति बेला त येशूका चेलाहरूले ती कुराहरू बुझेनन्। तर येशू मरेकोबाट बिउँतेर स्‍वर्गको महिमामा फर्किनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र ती मानिसहरूले उहाँका निम्‍ति यी सबै गरेका रहेछन् भनी बुझे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्‌। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्‍ति तिनीहरूले गरेका हुन्‌ भन्‍ने तिनीहरूले सम्‍झे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्। तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे।
Nepali ERV (पवित्र बाइबल)
येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।
Nepali Tamang 2011
ङाच्‍छा मी चु ताम येशूला चेलागदेसेनोन आघोनी। तर येशू सिबाग्‍याम सोसी स्‍वर्गरी घ्रेन य्‍हालदेन शक्तिरी फेप्‍माहेन्‍से जे थेनीगदेसे येशूला बारेरी भ्रिबा जम्‍मान ताम घोजी।